एन्टिबायोटिक यस्तो बस्तु हो जसले जीवाणुलाई नाश गर्ने वा वृद्धिलाई रोक्ने गर्दछ र मानिसलाई रोगबाट छुटकारा दिलाउ“छ । सन् १९२८ मा एलेक्जेन्डर ºलेमिङले फंगसबाट पेनिसिलिन निकालेर एन्टिबायोटिक आविष्कार गरेका हुन् । यसको आविष्कारले हाम्रो मानव जीवनमा ठुलो योगदान दिएको छ । कुनै समयमा ज्यान लिन सक्ने रोगहरु अहिले सजिलै निको पार्न सकिन्छ । आधुनिक युगमा सबैभन्दा धेरै प्रयोग गरिने औषधिहरुमा एन्टिबायोटिकहरु नै पर्छन् । 

antibiotics 1

एन्टिबायोटिक हाम्रो लागि यति लाभदायी भएतापनि यसको दुरुपयोगले भने धेरै नै नोक्शानी हुने गर्दछ । रोग पत्ता नलागी जथाभावी खानु, डोज पूरा नगर्नु, डाक्टरको पुर्जा बिना किनबेच हुनु, अयोग्य व्यक्तिले औषधि पसल चलाउनु जस्ता समस्याले एन्टिबायोटिकको दुरुपयोग भइरहेको छ ।

विकसित देशहरुमा एन्टिबायोटिक किन्नका लागि डाक्टरको पुर्जा अनिबार्य हुनुपदर्छ । पुर्जा बिनाको किनबेच गैर कानुनी ठहर हुने गर्दछ । औषधि पसल चलाउनलाई उचित शिक्षा लिएको हुनुपर्दछ । बिरामीले पनि डाक्टरको सल्लाह अनुसार रोग पत्ता लागेपछि मात्र औषधि खरिद गर्ने गर्छन् । तर हाम्रो देशमा स्थिति बेग्लै छ । साधारण रुघा खोकी मात्र लाग्दा पनि सिधै औषधि पसलमा गएर एन्टिबायोटिक माग्ने गरिन्छ । बिरामीको रोग के हो, केहि नबुझिकन औषधि किनबेच हुन्छ र बिरामीले खान्छन् पनि । त्यति गर्दा पनि निको भएन भने मात्र अस्पताल जाने गरिन्छ ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले सुक्ष्मजीवाणुहरुले त्यस एन्टिबायोटिकसंग लड्ने क्षमता विकास गर्दछन् र बिस्तारै यसको प्रभाव कम हुदै जान्छ । कालान्तरमा यसले कुनै पनि जीवाणुलाई नाश गर्न सक्दैनन् । त्यसपछि हामी अरु नयां र महंगा औषधि प्रयोग गर्न बाध्य हुन्छौँ ।

यदि समयमै विस्तृत जा“च गराई बिरामीको लक्षण अनुसार प्रयोगशालाको रिर्पोट, एक्स रे आदि हेरेर आवश्यकता अनुसार उचित उपचार पाउन सकिन्छ । औषधि चाहिने वा नचाहिने कुन औषधि कसरी खाने, यसको नकरात्मक असर के हुन सक्छन सबै कुरा को जानकारी पाउन सकिन्छ ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले सुक्ष्मजीवाणुहरुले त्यस एन्टिबायोटिकसंग लड्ने क्षमता विकास गर्दछन् र बिस्तारै यसको प्रभाव कम हुदै जान्छ । कालान्तरमा यसले कुनै पनि जीवाणुलाई नाश गर्न सक्दैनन् । त्यसपछि हामी अरु नयां र महंगा औषधि प्रयोग गर्न बाध्य हुन्छौँ । शुरुमा पेनिसिलिनले सजिलै नाश गर्नसक्ने जीवाणुहरु अहिले आएर यसलाई सजिलै पचाउन सक्ने भएका छन् । पछि आविष्कार भएका औषधिहरु पनि केहि बर्षमै काम नलाग्ने हुने गरेका छन् । एउटा जीवाणुले आफुसँग भएको लड्न सक्ने क्षमता अरुलाई पनि सार्न सक्छन् । यसरी धेरै भन्दा धेरै जीवाणुहरुमा प्रतिरोधको क्षमता विकास भएको पाईन्छ । यो सबै कुराले प्रमाणित गर्दछ कि एन्टिबायोटिकको धेरै प्रयोग वा दुरुपयोगले भविष्यमा यसको उपयोगिता कम हुदै जान्छ र कामै गर्न नसक्ने वा छाड्ने दिन पनि आउँछ ।

दुरुपयोग रोक्न के गर्ने ?

सर्बप्रथम त यसको प्रयोग बारे जनसमुदायमा चेतना अत्यावश्यक छ । बिरामी भएपछि डाक्टरको सल्लाहपछि मात्र औषधि खानुपर्छ, कुन औषधि कसरी खाने, कति दिनसम्म खाने सबै कुराको ख्याल राख्नुपर्छ र सोही अनुसार औषधिको प्रयोग गर्नुपर्छ । सरकारले पनि योग्य व्यक्तिलाई मात्र औषधि पसल खोल्ने अनुमति दिनु पर्छ र लागू भए नभएको निगरानी राख्नु पर्छ । डाक्टरको पूर्जीबिना औषधि किनबेचलाई कडाईका साथ रोक्नु पर्छ ।

(डा. श्रेष्ठ अष्ट्रेलियामा चिकित्सकको रुपमा कार्यरत छन् ।)

...................