धरान, माघ २६ । शनिबार (माघ २६) बाट शुरु भएको विजिनेश एक्स्पो धरानमा ३ हजार भन्दा बढि मोडलका जुत्ताहरु उपलब्ध हुने आयोजकले बताएको छ ।
नेपालमै ख्याती कमाएका पाँच ब्राण्डका जुक्ताहरु एक्स्पोमा राखिनेछन् ।
एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको थियो । एक्स्पोमा न्युनतम ३ सयदेखि अधिकतम ५ हजारसम्म मूल्यका जुक्ताहरु राखिने फुटवेयर म्यानुयाक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।
जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले बताउनुभयो । ‘हामी नाफा कमाउने भन्दापनि उपभोक्ताहरुसँग सम्बन्ध स्थापित गर्न धरानको एक्स्पोमा आएकाले सकेसम्म उपभोक्ताहरुको सन्तुष्टिलाई ध्यान दिन्छौं’ श्रेष्ठले भन्नुभयो ।
एक्स्पोमा विएफ डियर हिल, विएफ स्पोर्टस, स्मार्ट सुज, फस्टवाक सुज, सुजल्याण्ड र रन सुज ब्राण्डका जुत्ताहरु रहेको फुटवेयर एशोसिएशनका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले बताउनुभयो । वहाँले भन्नुभयो– ‘एक्स्पोमा रहेका २५ स्टल बराबरका अलग्गै स्थान तयार गरेर जुत्ताका ब्राण्डहरु डिस्प्लेमा राखी उपभोक्ताहरुलाई सहज ढङ्गले विक्रि गरिनेछ ।’ अधिकांश कम्पनीहरु पुराना र स्थापित भएकाले कोशीका जनतामा कुनै गुनासो आउन नदिने गरी सेवा दिने घिमिरेले बताउनुभयो ।
स्कुलका बालबालिकाहरु, क्याजुअल, पार्टी सुज, स्पोर्ट्सका बच्चादेखि वृद्धबृद्धासम्मका लागि ३ हजार प्रकारका जुत्ताहरु एक्स्पोमा राखिएको फुटवयर एशोसिएशनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो । वहाँले भन्नुभयो– ‘विक्रिमा राखिएका उत्पादनहरुमा ५ महिनाको वारेन्टि राखेका छौँ, जुत्ताको सोल भाचिए अर्को सोल लगाइदिन्छौँ ।’
................

















