धरान, जेठ १३ । धरान सयपत्री मार्ग स्थित ज्ञान कुञ्ज स्कुलमा मङ्गलबार एक दिवसिय निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा स्कुलका छात्र छात्रा, शिक्षकहरु, अभिभावक र टोलबासी गरी जम्मा ३७० जनाको आँखा जाँच गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीवर्गमा आँखाको भिजन कम हुने, केहिमा आँशु आउने र पोल्ने बाहेक अरु जटिल समस्या नदेखिएको डा सन्तोष यादवले जानकारी दिनुभयो । 

अभिभावकवर्गमा २ जनामा आँखामा मासु पलाउने रोग र ७ जनामा मोतिबिन्दु रोग देखिएको डा यादवले बताउनुभयो । 

शल्यक्रिया गर्नु पर्ने बिरामीलाई रानी आँखा अस्पताल विराटनगरमा ५०% छुटको व्यवस्था रहेको अस्पतालले जनाएको छ । ज्ञानकुञ्ज स्कुलको व्यवस्थापन र रानी आँखा अस्पताल प्राली बिराटनगरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । 

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुभएकोमा रानी आँखा अस्पतालप्रति विद्यालयका प्राचार्य वाङ्ग्याल तामाङ र संयोजक साइबा लिम्बुले कृतज्ञता व्यक्त गर्नुभएको थियो । 

...........