धरान, चैत्र ३ । प्रधानमन्त्री केपी शर्मा ओली चैत्र ६ गते बुधबार धरानस्थित पब्लिक हाइस्कुल आउनुहुने कार्यक्रम तय भएको छ । 

विद्यालयको ७८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गर्न लागिएको मुख्य कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री सहभागी हुनुहुने भएको विद्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झाले जानकारी दिनुभयो । 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको समेत उपस्थिती रहने उहाँले जानकारी दिनुभयो । 

सो अवसरमा प्रधामन्त्रीले विद्यालयको नवनिर्मित विज्ञान ब्लक र होटल म्यानेजमेन्ट प्रयोगशालाको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको विद्यालयले जनाएको छ । 

cover in 1विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस तीन दिन मनाउने गरी तयारी गरिरहेको छ । सो अनुसार सोमबार (भोलि) देखि विभिन्न कार्यक्रमहरु शुरु हुनेछन् । सोमबार विहान ७ बजेदेखि विद्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वार्षिकोत्सवका अवसरमा रक्तदान गरी जीवनदान दिन र पुण्य कमाउन विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायत सबैलाई आग्रह गरिएको विद्यालयका एकेडेमिक इन्चार्ज विरेन्द्रबहादुर शाहले बताउनुभयो । 

invitationकार्यक्रमको दोस्रो दिन मंगलबार विहान ५ः३० बजेदेखि मिनि म्याराथुन आयोजना गरिनेछ । मिनि म्याराथुनमा अभिभावकहरुलाई पनि सहभागी गराइने साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

वार्षिकोत्सवका अवसरमा विद्यालयका होटल म्यानेजमेन्ट फ्याकल्टीका विद्यार्थी र शिक्षकहरुको प्रयासमा फुड स्टल राखिनेछ । ब्युटिशियन फ्याकल्टीका विद्यार्थी तथा शिक्षकहरुको प्रयासमा ब्युटि तथा सेल्फ केयर पनि राखिनेछ । गीत तथा नृत्य, अभिभावकहरुका लागि लक्की ड्र, म्युजिकल चेयर लगायतका प्रतियोगीता तथा कार्यक्रमहरु पनि आयोजना गरिनेछन् । 

..........