धरान, बैशाख ३ गते । धरानस्थित युरेका माविले एसइइ २०८२ परिक्षामा ४ जिपीए ल्याउने तीन विद्यार्थीलाई सम्मान गरेको छ । यसै अवसरमा अन्य उत्तिर्ण भएका गरी जम्मा १०६ जना विद्यार्थी र अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल कुरन चेम्जोङ र शिक्षा निर्देशक सुदिप यल्मोले उत्तिर्ण विद्यार्थी र अभिभावकलाई खादा लगाईदिएर सम्मान गर्नुभएको थियो । 

यसवर्ष विद्यालयका इशान क्षेत्री, सुयस खतिवडा र नमन गुप्ताले ४ जिपिए ल्याउन सफल भएका थिए । उनीहरुलाई सम्मानपत्र सहित विशेष सम्मान गरिएको थियो । 

विद्यार्थीहरुको मिहनेत, अभिभावकको साथ र विश्वास तथा शिक्षकहरुको समर्पणका कारण यो सफलता सम्भव भएको विद्यालयका प्रिन्सिपल चेम्जोङले बताउनुभयो । 

.............