धरान, भदौ ६ गते । धरान उपमहानगरपालिका वडा नं. १६ जोरसखुवा स्थित मन्टेश्वरी किन्डरगार्टनमा शुक्रबार निःशुल्क आँखा तथा कान जाँच एक दिवसिय शिविर सम्पन्न भएको छ । 

स्कुलको ब्यवस्थापन र रानी आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा स्कुलका जम्मा १३० जना विद्यार्थीहरुको आँखा तथा कान जाँच गरिएको थियो । जम्मा २७ जना विद्यार्थीहरुको आँखाको दृश्यशक्तिमा समस्या रहेको पाइएको शिविरमा सहभागी डा नरेन्द्र यादवले जानकारी दिनुभयो ।

६ जना विद्यार्थीहरुमा कानको समस्या देखिएको डा अनिल देवले बताउनु भयो । समस्या देखिएका विद्यार्थीहरुलाई अस्पतालमा उपचारका लागि सिफारिस गरिएको डा देवले बताउनुभयो । आँखा तथा कानको उपचारमा अस्पतालले विशेष छुटको व्यवस्था गरेको समेत उहाँले बताउनुभयो । 

स्कुलको तर्फबाट निर्देशक गौरवमान श्रेष्ठ र प्रिन्सिपल सुलेखा जोशीले निःशुल्क आँखा तथा कान जाँच शिविरका लागि रानी आँखा अस्पताललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

............