धरान, बैशाख ३ । धरान उपमहानगरपालिका वडा नं. १६ स्थित सिद्धार्थ शिशु सदनले वार्षिक उत्सव मनाएको छ ।
विद्यालयले मङ्गलबार र बुधबार गरी दुई दिवसीय कार्यक्रम आयोजना गरी उत्सव मनाएको छ । विद्यालयले सिद्धार्थ मन्टेश्वरी समेत सञ्चालन गरिरहेको छ ।
सो अवसरमा ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अवार्ड प्रदान गरियो । अवार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल, सुदृष्टी कार्की, आदित्य खड्का, सुप्रिया आचार्य, जोस्लीन हलुवाई र लेन्नु राई रहेकाछन् । उनीहरुलाई ट्रफि, प्रमाण–पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका निर्देशक विकास सोनीले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षामा प्रथम हुनेलाई शतप्रतिशत, दोस्रो हुनेलाई ७६ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।

विद्यार्थीहरुलाई पढाइमा प्रोत्साहन मिलोस् भन्ने उद्धेश्यले छात्रवृत्ति प्रदान गरिएको निर्देशक सोनीले वताउनुभयो ।
सो अवसरमा कक्षामा नियमित उपस्थित हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रि–स्कुलबाट स्कुल प्रवेश गरेका ४० जना विद्यार्थीहरु दिक्षित भएका थिए ।
..................




















