धरान, असोज १६ गते । रानी आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा धरान मेघा हिमालयन स्कुलमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा स्कुलका विद्यार्थी, अभिभावक र टोलबासी गरि ४०० जनाको आँखा तथा कानको निःशुल्क जाँच गरिएको थियो । विद्यार्थीतर्फ खास समस्या नदेखिएको तर टोलवासी तथा अभिभावकमा भने ६ जनामा मोतिबिन्दु र ४ जनामा आँखामा मासु पलाउने रोग देखिएको शिविरमा संलग्न डा.सन्तोष यादवले बताउनुभयो । शिविरमा डा.यादवको नेतृत्वमा अस्पतालको प्राविधिक टोलीले सेवा दिएको थियो ।
शिविरमा पत्ता लागेका शल्यक्रिया गर्नुपर्ने विरामीलाई ५०% छुटको ब्यवस्था गरिएको अस्पतालले जनाएको छ । आफ्ना विद्यार्थी, अभिभावक र टोलवासीको निःशुल्क जाँच सेवा दिएकोमा स्कुलका इन्चार्ज नवराज दाहालले अस्पताल र प्राविधिक टोलिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
...............


