धरान, चैत्र १६ गते । ‘रक्तदान जीवन दान‘ भन्ने मुल मन्त्रका साथ आइतबार धरानस्थित पब्लिक हाइस्कुलमा रक्तदान सम्पन्न भएको छ । 

जम्मा ६६ पिन्ट रगत सङ्कलन भएको विद्यालयले जनाएको छ । रक्तदान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रहनुभएका बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बिक्रमप्रसाद श्रेष्ठले गर्नुभएको थियो । 

विद्यालयका प्राचार्य डा इन्द्रमोहन झाले रक्तदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी धरान र बिपि प्रतिष्ठन धरानको आयोजनामा रक्तदान सम्पन्न भएको थियो ।

.............