धरान, असोज १८ गते । कवि भवानीप्रसाद खतिवडाको नया कविता सङ्ग्रह ‘सम्झेर आऊ घर’ को शनिवार धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा एक समारोहका बिच लोकार्पण गरिएको छ । 

समारोहमा विशिष्ट अतिथि भाषाविद प्रा.डा.टङ्क न्यौपाने, प्रमुख अतिथि प्रसिद्ध कवि मनु मन्जिल लगायतले कृतिको लोकार्पण गर्नुभयो । 

प्रा राजेन्द्रप्रसाद, कृतिका समिक्षक प्रा रमेश घिमिरे, प्रा सुवासचन्द्र दाहाल लगायत व्यक्तित्वहरुले लोकार्पणमा साथ दिनुभएको थियो । खतिवडाको यो पहिलो कविता सङ्ग्रह हो । कृतिमा जम्मा ७७ कविता सङ्ग्रहित छन् । सबै कविताहरु पद्य विधाका रहेका छन् । 

समीक्षक प्रा रमेश घिमिरेले कृतिमा शार्दुलविकृडित र अनुष्टुप छन्दका राम्रा कविताहरु सङ्ग्रहित रहेको बताउनुभयो । प्रमुख अतिथि मनु मन्जिलले लगायतले पनि कविताकृति बारे आफ्नो विचार राख्नुभएको थियो ।

..............