विराटनगरबाट अर्जुन जम्नेली राईको सहयोगमा
विराटनगर, असोज २२ गते । किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन भोलि (शुक्रबार) प्रदेशको राजधानी विराटनगरमा उद्घाटन हुने भएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा वीरेन्द्र सभागृहमा हुने यायोक्खा केन्द्रीय अध्यक्षसमेत रहनुभएको जीवन हाताचो राईले बताउनु भयो । महाधिवेशनमा २ वटा प्रदेश, २४ वटा जिल्ला, २४ वटा विदेश शाखा, १९ वटा भाषिक र ८ वटा भातृ संगठनहरुबाट ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी हुने संस्थामा महासचिव भीम राईले जानकारी दिनुभयो । यायोक्खाले कोशी नाम पुननामकरण गरेर किरात राख्नुपर्ने, प्रदेशको सरकारी कामकाजको भाषा वान्तावा, चाम्लिङ लगायतलाई बनाउनुपर्ने, लिपि किरात सिरिजंङ्गा बनाइनुपर्ने माग गर्दै आएको छ । करिब ७ लाख जनसंख्या (प्रदेशमा ११ प्रतिशत) रहेको राई समुदायको भाषा, लिपि र संस्कृतिप्रति बेवास्ता भए सरकारमा संबद्ध एमाले, कांग्रेस, नेकपा लगायतको पार्टी प्रति प्रदेशवासीको आक्रोश अझ बढ्ने र यायोक्खा आन्दोलनमा जनुपर्ने बध्यता हुने अध्यक्ष महासचिव भीम राईले बताए । महाधिवेशनको लागि यायोक्खा केन्द्रीय पदाधिकारी, सदस्यहरु बिराटनगर आइसकेको यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राईले बताए । यायोक्खाले महाधिवेशनका लागि कोशी प्रदेश नाम-खारेज गर, किरात प्रदेश-घोषणा गर लगायतको नारा तय गरेको छ ।
.....


