धरान, बैशाख १२ गते । रानी आँखा अस्पताल प्राली.बिराटनगरको प्राबिधिक सहयोग र जेम स्कुल धरानको व्यवस्थापनमा बुधबार एक दिवसिय आँखा तथा कान जाँचको निःशुल्क शिविर सम्पन्न भएको छ ।
शिविरमा २५० विद्यार्थी र ८१ अभिभावक गरी ३३१ जनाको आँखा जाँच गरिएको थियो । करिब ३०% विद्यार्थीमा दृष्टिदोष रोग, ३ जना अभिभावकमा आँखामा मासु पलाउने रोग देखिएको र ११ जनामा मोतिविन्दु देखिएको शिविरमा खटिएका डा. सन्तोष यादवले जानकारी दिनुभयो ।
शल्यक्रिया गर्नुपर्ने विरामीलाई रानी आँखा अस्पतालले ५०% छुटमा उपचार गराउने व्यवस्था रहेको अर्का डा. प्रवेश यादवले बताउनुभयो ।
स्कुलका प्राचार्य हरिहर कोइरालाले अस्पतालको प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
...................




















