धरान, साउन ५ गते । यही साउन १५ देखि १९ सम्म धरानमा मेजर श्रवणकुमार लिम्बु मेमोरियल बास्केटबल रनिङ कप २०८३ आयोजना हुने भएको छ । 

धरान बास्केटबल संघ तथा सुनसरी बास्केटबल संघको संयोजन र डिपोट मा. वि.को आयोजनामा प्रतियोगिता हुने भएको हो । कोशी प्रदेश स्तरिय यस प्रतियोगितामा जम्मा १६ वटा बिद्यालय सहभागी हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

स्कुलका प्राचार्य राजकुमार राईका अनुसार मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा हरेक बर्ष आयोजना हुने क्रममा यो पाचौं प्रतियोगिता हो । मेजर श्रवणकुमार लिम्बूको कोरोना महामारीको बेला २०७८ साल साउन १५ गते निधन भएको थियो । उहाँको व्यक्तित्व र कृतित्वको बारेमा पत्रकार सम्मेलनमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा संयोजक खड्ग शम्शेर लिम्बूले प्रकाश पार्नु भएको थियो ।

बास्केटबलका खेलाडीहरुलाई अझ परिस्कृत र खेल प्रतिभालाई प्रस्फुटन गर्नु यो खेलको मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ । खेल डिपोट स्कुलको आफ्नै प्राङ्गणमा हुनेछ । प्रथम हुने टिमलाई रु.२०,००० ट्रफि, मेडल तथा प्रमाण पत्र, दोस्रोलाई रु.१०,५०० र ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

..............