इटहरी, मङसिर १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय जागरण अभियान अन्तर्गत इटहरी उपमहानगर कमिटिले भोलि आइतबार इटहरीमा वृहत कार्यक्रम आयोजना गर्ने भएको छ । 

आइतबार ठिक ११ बजे लायन्स भवन पचरुखी इटहरीमा कार्यक्रम आयोजना हुने भएकोले सहभागी हुन नेकपा इटहरी उपमहानगर कमिटिले समर्थक शुभेच्छुकलाई आव्हान गरेको छ । 

कार्यक्रमलाई पार्टीका संगठन विभाग प्रमुख तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले संवोधन र विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका नेता शिवकुमार डाँगीले जानकारी दिनुभयो । 

नेकपाले अहिले देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान सन्चालन गरिरहेको छ । गत निर्वाचनबाट देखिएको पार्टीको अवस्था, संगठन सुदृढिकरण, आगामी स्थानिय निर्वाचन लगायत विषयमा जनतालाई ससुचित गराउँदै समग्र पार्टीमा स्थानिय कार्यकर्ता तहदेखि नै जागरण ल्याउने उद्धेश्यले अभियान सुरु गरिएको नेता डाँगीले बताउनुभयो ।   

................