धरान, चैत्र २३ । रानी आँखा अस्पताल विराटनगरले शनिबार धरानमा एकदिवसीय निशुल्क आाखा शिविर सम्पन्न गरेको छ ।
धरान उपमहानगरपालिका वडा नं. १५ को व्यवस्थापन र आधारभूत स्वास्थ्य केन्द्र पाथीभरालाइनमा शिविर सम्पन्न भएको हो ।
शिविरमा जम्मा २०८ जना विरामीहरुको आँखा जाँच गरिएको थियो । ती मध्ये २८ जना मोतियाविन्दु र ५ जनामा मासु पलाउने रोग देखिएको डा. नरेन्द्र यादवले जानकारी दिनुभयो ।
आँखामा मोतियाविन्दु र मासु पलाउने रोग भएका विरामीको उपचार रानी अस्पतालमा ५० प्रतिशत छुटमा गरिने रानी अस्पताल प्रालीले जनाएको छ ।
शिविर उद्घाटन कार्यक्रममा धरान वडा नं. १५ का अध्यक्ष नरेश इवारमले विराटनगरबाट धरानसम्म आएर निशुल्क आँखा शिविर सञ्चालन गरी वडावासीलाई स्वास्थ्य सेवा दिने रानी अस्पताल प्राली र स्वास्थ्यकर्मीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
टोलसुधार समितिका अध्यक्ष रंगलाल गिरीले पनि अस्पतालको मानवीय सेवाका लागि आभार व्यक्त गर्नुभयो ।
...................




















