धरान उपमहानगरपालिका वडा नं. १२ चतरालाइन स्थित धरान मेघा हिमालयन स्कुलले शैक्षिक वर्ष २०८२ का लागि भर्ना खुल्ला गरेको छ । कक्षा पिजी देखि कक्षा ९ सम्मका लागि भर्ना खुल्ला गरिएको विद्यालयले जनाएको छ । 

धरान मेघा हिमालयन स्कुल धरानका निजि स्कुलहरु मध्ये सुविधासम्पन्न र गुणस्तरिय शिक्षा प्रदान गर्ने स्कुलका रुपमा चिनिन्छ । यस विद्यालय अभिभावकहरुको रोजाइमा परेको विद्यालयमध्ये एक हो । योग्य, अनुभवी र तालिमप्राप्त शैक्षिक जनशक्तिका कारण शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न सकेको सो विद्यालयले दाबी गरेको छ । 

विद्यार्थीहरुको आन्तरिक प्रतिभालाई प्रष्फुटन गराउने उद्धेश्यले धेरै भन्दा धेरै अतिरिक्त क्रियाकलाप गराउने विद्यालयका रुपमा पनि यस विद्यालयले आफ्नो परिचय बनाएको छ । विशेषगरी खेलकुद, साँस्कृतिक कार्यक्रम, व्यक्तित्व तथा सिप विकास,आधुनिक प्रविधि लगायत क्रियाकलापमा विद्यालयले जोड दिँदै आएको छ ।  

..................