धरान, चैत्र ३० । पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९ ले शनिबार आफ्नो ३१ औँ वार्षिक उत्सव मनाएको छ ।
सो अवसरमा विद्यालयद्धारा प्रदान गरिदै आएको मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार विद्यार्थीद्धय नदिरा राई र फोनिक्स राईलाई प्रदान गरिएको छ ।
नदिरा यसैवर्ष कक्षा १ उर्तीण गरेकी विद्यार्थी हुन् भने फोनिक्स कक्षा २ उर्तीण गरेका विद्यार्थी हुन् । उनीहरु दुवै अनुशासित र जेहेन्दार विद्यार्थी भएकाले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जानकारी दिएको छ ।
स्कुलले हरेक वर्ष दुइजनालाई सो पुरस्कार वितरण गर्दै आएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले जानकारी दिनुभयो ।
दुवैलाई नगद दश÷दश हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।
स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १९ का ज्येष्ठ नागरिक १०२ बर्षिय नरबहादुर लिम्बु प्रमुख अतिथि रहनु भएको थियो ।
समाजका ज्येष्ठ ब्याक्तित्वलाई सम्मान गर्न लिम्बुलाई प्रमुख अतिथि बनाइएको कोअर्डिनेटर चेम्जोङले बताउनु भयो ।
सो अवसरमा लिम्वुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्कुलका निर्देशक डा. दिलकुमार लिम्वुले जेष्ठ नागरिक लिम्वुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सो अवसरमा अतिरिक्त क्रियाकलापमा स्कुल तथा अन्यत्र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरी अभिभावकहरु र अतिथिहरुलाई मनोरञ्जन प्रदान गरे।
विद्यालयले कुल ७० जना जना विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गर्दै आएको भाइस प्रिन्सिपल होमप्रसाद लिम्बुले जानकारी दिनुभयो ।
........




















