धरान, बैशाख ६ । क्रियटिभ स्कुल सर्कल धरानले शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम प्रदान गरेको छ । धरानका विभिन्न १० विद्यालयका ५० जना शिक्षिकाहरु तालिममा सहभागी थिए । 

तालिममा धरानका हिविस्कस इङ्लिस वोर्डिङ स्कुल, धरान इङ्लिस वोर्डिङ स्कुल, डिपी विलिभर्स वोर्डिङ स्कुल, देउराली चिल्ड्रेन एकेडेमी, वुद्ध आदर्श वोर्डिङ स्कुल, आवर होम स्कुल, जोलसाया एकेडेमी, एप्पल मन्टेश्वरी र एक्वा सेकेण्डरी वोर्डिङ स्कुलका शिक्षिकाहरु सहभागी भएको सर्कलका अध्यक्ष गंगाराम राईले जानकारी दिनुभयो ।

एप्पल मन्टेश्वरी स्कुलमा विहिवार र शुक्रवार गरी दुईदिन सम्पन्न तालिममा निर्मला पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।

शिक्षिकाहरुलाई बालमनोविज्ञान अनुसार शिक्षण सहज होस् भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको अध्यक्ष राईले बताउनुभयो । स्कुलको जग नै मन्टेश्वरी शिक्षा भएकोले यस तहको शिक्षणलाई प्रभावकारी बनाउन टेवा पुगोस् भन्ने पनि तालिमको उद्धेश्य रहेको उहाँले बताउनुभयो । 

तालिममा प्राप्त ज्ञान र सीपलाई आफ्नो विद्यालयमा प्रभावकारी रुपमा लागु गर्न कार्यक्रम संयोजक प्रतिक्षा बान्तावाले आग्रह गर्नुभयो । 

...............