धरान, बैशाख १३ । इम्मानुएल बोर्डिङ स्कुल धरानमा शनिबार एकदिवसीय निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रानी आँखा अस्पताल प्राली.बिराटनगरको आयोजनामा शिविर सम्पन्न भएको हो । 

शिविरमा कानको समेत निशुल्क जाँच गरिएको थियो । जम्मा २०० बिरामीले जाँच गराएका मध्ये १७ जना गम्भिर प्रकृतिका विरामी फेला परेका थिए । जसमा १५ जना मोतियाविन्दु र २ जना आँखामा मासु पलाउने रोग (PGT) देखिएको थियो । 

Rani2 1डा.द्धय सिवानी कर्ण र सन्तोष यादवले विरामीहरुको उपचार गर्नुभएको थियो । मोतियाविन्दु र PGT रोगको सल्यक्रिया गर्नुपर्ने बिरामीलाई ५०% छुट दिने रानी अस्पताल प्राली.ले जनाएको छ । इम्मानुएल बोर्डिङ स्कुलको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो । आफ्नो स्कुलमा बिराटनगरबाट आएर निशुल्क आँखा शिविर सञ्चालन गरेर विद्यार्थी, अभिभावक र टोलवासीहरुलाई स्वास्थ्य लाभ दिनुभएकोमा अस्पताल टिमलाई स्कुलका सहप्राचार्य पुर्णकुमार राईले धन्यवाद दिनुभयो । 

रानी आँखा अस्पताल बिराटनगरले विगत ६ महिनादेखि धरानका विभिन्न वडा र स्कुलहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आएको छ ।

.............