धरान, बैशाख २७ । रानी आँखा अस्पताल विराटनगरको आयोजनामा धरानमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । अस्पतालले धरानका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सम्पन्न गरी सर्वसाधारणलाई सेवा दिँदै आएको छ । 

धरान उपमहानगरपालिका वडा नं. १२ को व्यवस्थापनमा सम्पन्न शिविरमा स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियो । कुल दुई सय सेवाग्राहीको जाँच गरिएको थियो । जसमध्ये १६ जनामा मोतियाबिन्दु र PGT(आँखामा मासु पलाउने रोग ) दुई जनामा देखिएको डा सन्तोष यादवले जानकारी दिनुभयो ।

धरान १२ वडा कार्यालयका सचिव मदन श्रेष्ठले रानी आँखा अस्पतालप्रति कृतज्ञ रहेको बताउनुभयो । वडा सदस्य ब्ह्रमज्ञ भट्टराईले अस्पताललाई धन्यवाद ज्ञापन गर्दै स्थानिय सरकारका तर्फबाट स्वागत गर्नुभएको थियो । 

समस्या देखिएका विरामीमध्ये शल्यक्रिया गर्नु पर्ने बिरामीलाई ५०% छुट दिइने अस्पतालले जानकारी दिएको छ ।

.............