धरान, मंसिर ५ गते । धरान उपमहानगरपालिका वडा नं. ३ ले शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । रानी आँखा अस्पताल प्रा.लि.बिराटनगरको प्राविधिक सहयोगमा सम्पन्न शिविरको वडा कार्यलयले व्यवस्थापन गरेको थियो । शिविर वडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा सन्चालन भएको थियो । 

शिविरमा जम्मा १८६ जनाले आँखा जाँच गराएका थिए । जसमा १६ जनामा मोतियाबिन्दु, १ जनामा आँखामा मासु पलाउने रोग र अन्यमा आँखा पोल्ने, आँसु आउने रोग देखिएको डा. सन्तोष यादवले जानकारी दिनुभयो । डा.यादव सहित डा. सिवानी कर्णले आँखा जाँच गर्नुभएको थियो । 

आँखाको शल्यक्रिया गर्ने बिरामीलाई ५०% छुट दिने रानी आँखा अस्पताल प्रा.लि.बिराटनगरले जनाएको छ । वडाध्यक्ष विद्या शाक्यले निःशुल्क सेवाका लागि अस्पताललाई धन्यवाद दिनुभयो । वडासचिव मदन दाहालले आगामी दिनमा पनि यस्तै सेवाको अपेक्षा गरिएको बताउनुभयो । .............