धरान, मंसिर २९ गते । रानी आँखा अस्पताल प्राली विराटनगरको आयोजना र धरान उपमहानगरपालिका वडा नं. ११ कार्यलयको व्यवस्थापनमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

शिविरमा जम्मा १ सय १२ जना वडावासीले सेवा लिएका थिए । यी मध्ये १२ जनामा मोतियाविन्दु र ५ जनामा आँखामा मासु पलाउने रोग देखिएको थियो । शिविरमा रानी आँखा अस्पतालका डा.द्धय नरेन्द्र यादव र आकृती चौधरी संलग्न हुनुहुन्थ्यो । 

शल्यक्रिया गर्नुपर्ने विरामीलाई अस्पतालले ५०% छुट दिने अस्पतालले जनाएको छ । निःशुल्क सेवाका लागि वडाअध्यक्ष लोकेन्द्रकुमार फागोले अस्पताललाई धन्यवाद व्यक्त गर्नुभयो । 

...............