धरान, माघ १५ गते । धरान उपमहानगरपालिका वडा नंं १५ बगरकोटमा रहेको होलिल्यान्ड ईन्टरनेशनल स्कुलमा सोमबार एकदिवसीय निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । 

रानी आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग र स्कुलको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो । शिविरमा स्कुलका कक्षा नर्सरीदेखि १० सम्मका जम्मा ७०० छात्रछात्राको आँखा जाँच गरिएको थियो । सो अवसरमा ५२ जना अभिभावकहरुको समेत आँखा जाँच गरियो । 

विदार्थीहरुमा पोल्ने, आँशु आउने जस्ता सामान्य प्रकृतिका रोग देखिएको थियो भने तीनवर्षको विद्यार्थीमा मोतियाविन्दु देखिएको शिविरमा खटिएका चिकित्सकहरुले जानकारी दिनुभयो । अभिभावकमध्ये ३ जनामा मोतियाबिन्दु र ३ जनामा आँखामा मासु पलाउने रोग देखिएको डा.सन्तोष यादवले बताउनुभयो । 

शल्यक्रिया गर्नुपर्ने विरामीले अस्पतालबाट ५०% छुट प्राप्त गर्ने डा यादवले जानकारी दिनुभयो । स्कुलका प्राचार्य राजकुमार लिम्बुले अस्पतालको टिमलाई धन्यवाद र कृतज्ञता व्यक्त गर्नुभयो ।

.............