धरान, माघ २३ गते । रानी आँखा अस्पताल प्राली विराटनगरको प्राविधिक सहयोग र यूरेका बोर्डिङ स्कुल धरान १ को व्यवस्थापनमा धरानमा दुई दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
माघ २१ र २२ गते उक्त शिविर सञ्चालन गरिएको थियो । शिविरमा स्कुलका करिब ८०० विद्यार्थी र ६० अभिभावक गरी जम्मा ८६० जनाको आँखा जाँच गरिएको थियो ।
जाँच गरिएका मध्ये करिब ९०% विद्यार्थीहरुको आँखाको दृष्टि कमजोर भएको पाइएको डा सन्तोष यादवले बताउनुभयो । अभिभावक मध्ये १० जनामा मोतियाविन्दु र अन्यमा आँखा पोल्ने र आँशु आउने समस्या देखिएको डा यादवले बताउनुभयो ।
रानी अस्पतालको टोलीलाई स्कुलका प्राचार्य कुरन चेम्जोङले धन्यवाद ज्ञापन गर्नुभयो । शल्यक्रिया आवश्यक पर्ने विरामीलाई अस्पतालले ५०% छुट दिइने अस्पतालले जनाएको छ ।
................




















