धरान, फागुन १ गते । रानी आँखा अस्पताल प्राली विराटनगरको प्राविधिक सहयोग र सत्य शिशु निकेतन बोर्डिङ स्कुल धरानको व्यवस्थापनमा शुक्रबार एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भयो ।
२०६ जना छात्र छात्राहरु र ५० जना अभिभावकहरुको गरि २५६ जनाको आँखाको जाँच गरिएको थियो । जसमा छात्र छात्राहरु प्राय सामान्य र एक छात्रमा भने असामान्य जस्तो समस्या देखिएको थियो । उनलाई कुनै वस्तु दुइटा देखिने र धमिलो देखिने गरेकोले अस्पताल रेफर गरिएको थियो ।
अभिभावकमा भने ९ जनामा मोतिबिन्दु र ३ जनामा मासु पलाउने रोग देखिएको डा द्वय नरेन्द्र यादव र दिपेश यादवले जानकारी दिनुभयो । अस्पतालको आँखा शिविर टिमलाई स्कुलका प्राचार्यले रमेश राईले धन्यवाद ज्ञापन गर्नुभयो ।
...............




















