धरान, फागुन ८ गते । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ का लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार दुर्गेश चौधरीले शुक्रबार सङ्कल्प पत्र जारी गर्नुभएको छ । 

इटहरीमा पार्टीको निर्वाचन क्षेत्र प्रचार समितिद्धारा आयोजित एक कार्यक्रममा उहाँले सङ्कल्प पत्रमार्फत आफ्नो प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा उहाँले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि ३० बुँदे सङ्कल्प पत्र प्रस्तुत गर्नुभयो । 

दुहबी रङ्गशालाको स्तरोन्नति गर्ने, सांसद दुर्गेश निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्न पहल गर्ने, बर्जु ताललाई अन्तरराष्ट्रियकरण गर्ने लगायत उहाँका प्रतिवद्धताहरु रहेकाछन् । 

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य केशव विष्ट, केन्द्रिय सदस्य सरस्वती पोखरेल लगायतले उम्मेदवार दुर्गेश चौधरीको उम्मेदवारीको औचित्यबारे प्रष्ट पार्नुभएको थियो । 

.............