धरान, फागुन ११ गते । रानी आँखा अस्पताल बिराटनगरको प्राविधिक सहयोग र धरान ११ स्थित नोबेल एकेडमी स्कुलको व्यवस्थापनमा आइतबार आँखा तथा कानको एक दिवसिय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा विद्यालयका प्ले ग्रुप देखि कक्षा १० सम्मका २ सय ६६ विद्यार्थीहरु एक सय भन्दा बढि अभिभावकहरुको आँखा र नाक जाँच गरिएको थियो । करिब ७०% विद्यार्थीहरुमा दृष्टीशक्ति कमजोर हुने र आँखा पोल्ने समस्या देखिएको थियो । तीनजना अभिभावकमा आँखामा मासु पलाउने रोग र १५ जनामा मोतिबिन्दु रोग देखिएको शिविरमा खटिनुभएका डा. सिवानी कर्णले जानकारी दिनुभयो ।
अर्का डा. रुपेश यादवका अनुसार निदान भएका रोगहरुमा शल्यक्रिया गर्नुपर्ने विरामीका लागि अस्पतालले ५०% छुटको व्यवस्था गरिएको छ । विद्यालयका प्राचार्य रविन नेउपानेले निःशुल्क सेवाका लागि रानी आँखा अस्पताल र चिकित्सकको टोलीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
................




















