धरान, चैत्र ९ गते । रानी आँखा अस्पताल प्रा.लि.बिराटनगरको प्राविधिक सहयोग र मेरिल्यान्ड स्कुल धरानको ब्यवस्थापनमा आइतबार एक दिवसिय निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । 

शिविरमा स्कुलका २३७ विद्यार्थीहरु र ५१ अभिभावक  तथा स्थानियवासी गरि जम्मा २८८ जनाको आँखा जाँच गरिएको थियो । 

१५% विद्यार्थीमा आँखाको दृष्टी कमजोर रहेको पाइएको डा.सन्तोष यादवले बताउनुभयो । ११ जना अभिभावकमा मोतिबिन्दु र १ जनामा आँखामा मासु पलाउने रोग पाइएको डा.यादवले बताउनुभयो । 

सल्यक्रिया गर्नुपर्ने विरामीहरु भए ५०% छुटमा अस्पतालले उपचार गर्ने कार्यक्रम रहेको शिविरमा खटिएका अर्का डा.रुपेश यादवले बताउनुभयो । 

स्कुलका निर्देशक मुगाधन राई, प्राचार्य गङ्गाप्रसाद निरौला, सहप्राचार्य मनोज राई लगायतले निःशुल्क जाँच शिविरका लागि रानी आँखा अस्पताललाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । अस्पतालले बिगत १८ महिना देखि धरानका विभिन्न वडा तथा संस्थाहरुमा उपस्थित भई निःशुल्क सेवा दिँदै आएको छ । .............