पहिचान साहित्य लेखनलाई स्थापित गर्ने उद्धेश्यले बागियान साहित्यिक पत्रिकाको प्रकाशन शुरु भएको हो । २०७२ असोज १ गते पहिलो प्रकाशन भएको यस पत्रिका हाल २४ औँ प्रकाशनको तयारीमा रहेको छ । हालसम्म २३ औँ अंक बजारमा सार्वजनिक भएको छ । यो एउटा अभियान हो । यस अभियानलाई प्रभावकारी बनाउने उद्धेश्यले भरखरै बागियान डटकमको प्रकाशन पनि शुरु भईसकेको छ । यसको सदुपयोग गर्दै बागियान साहित्यिक पत्रिकाका पाठकहरुका लागि बागियानको २३ औँ अंक यहाँ प्रस्तुत गरिएको छ ।