धरान, माघ २८ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर पुग्न बनाउन लागिएको केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ समूहले पुनः आन्दोलनको घोषणा गरेको छ । 

सोमबारको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि समुहले पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

केबलकारको विरोध गर्दै आएका ‘नो केबलकार’ समुह मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । 

जारी विज्ञप्तिमा माघ २९ गतेदेखि विभिन्न प्रकृतिका आन्दोलन शुरु गर्ने उल्लेख गरिएको छ । उनीहरुले फागुन ९ गतेसम्म शान्तिपुर्ण आन्दोलन गर्ने त्यसपछि पनि सरकार गम्भिर नभए अनिश्चितकालिन यातायात बन्द र आमहड्ताल गर्ने विज्ञप्तिमा जनाएका छन् । 

ग्लोबल आईएमई बैङ्क सहित आईएमई समूह बहिष्कार गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ । केबलकार निर्माण कम्पनीका मालिक व्यवसायी चन्द्र ढकालको स्वामित्वको ग्लोबल आइएमई बैङ्कलाई आन्दोलनकारीहरुले यसअघि देखि नै टार्गेट गरिरहेकाछन् । 

476910753_8985350391575083_2506211965077901014_n

478352622_8985350541575068_9151124787864549467_nयसबाहेक फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔँ’ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ गर्ने, केबलकार निर्माण सामाग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने लगायत आन्दोलनका कार्यक्रम गर्ने घोषणा उनीहरूले गरेका छन् । केबलकार निर्माणको लागि भएको सम्झौता खारेजीका लागि कोसी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि उनीहरूले तय गरेकाछन् । 

आन्दोलन चर्किदै गएपछि सहसचिव प्रेमप्रसाद भट्टराई संयोजकत्वको सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षसँग माघ २२ गते वार्ता गरेको थियो । वार्तामा तत्काललाई केबलकार निर्माणकार्य स्थगीत गर्ने, पक्राउ परेकालाई निःसर्त रिहाई गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने लगायतका सहमति गरी माघ २७ गते पुनः उच्चस्तरिय निर्णायक वार्ता वस्ने गरी वार्ता टुङ्गिएको थियो । सहमति अनुसार आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको थियो । तर सहमति अनुसार २७ गतेको वार्तामा सरकार प्रस्तुत नभएको, उच्चस्तरिय वार्ता समिति नबनाएको, कर्मचारीहरुलाई नै अघि सारेको, आफुहरुलाई गम्भिरतापुर्वक नलिई अन्डर स्टमेट गर्ने आशय देखिएको, सरकार निर्णायक वार्ताका लागि इच्छुक नदेखिएको लगायतका कारण देखाउँदै थप आन्दोलनको विकल्प नभएको आन्दोलनरत पक्षले विज्ञप्तिमा जनाएको छ ।

सरकारले कर्मचारीहरुलाई अघि सारेर आफुहरुलाई अल्मल्याउन खोजेको देखिएकोले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुपरेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

..............