नयाँवर्षको शुभकामना


फेरि पनि आयो नयाँवर्ष आयो

२०८१ साललाई विदाइ गर्दै 

नयाँवर्ष २०८२ सालको आगमन भयो 


जागोस् सबैमा नयाँ उमङ्ग, जोश

उठोस् नसा नसामा सबैको 

अन्याय र अत्याचार विरुद्ध

हुङ्कार छोड्ने ज्वारभाटा !

यही छ शुभकामना सारा

नेपालीहरुलाई नयाँवर्षको !!


सबैमा सुख, समृद्धि छाओस्

नयाँ विचार सिर्जना हुँदै जाओस्

आपसी वैमनस्यता, आलस्यता नासिँदै जाऊन्

फुटेर हैन जुटेर हातेमालो अनि

काँधमा काँध मिलाइ मातृभुमिको 

उन्नतिमा लाग्नु छ

यही छ शुभकामना नयाँवर्षको 


सबैलाई नयाँवर्षले थप नयाँ उर्जा दिओस्

नौला नौला कामको थालनी गर्ने 

प्रेरणा मिलोस् 

मन्द मुस्कानमा सबैको हाँसोको फोहरा छुटोस्

यही छ शुभकामना नयाँवर्ष

२०८२ सालको !!