कुलदिप भूजेलको सहयोगमा
इटहरी, मङ्सिर १६ गते । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको आइडिबी ग्लोबलले 'ग्राण्ड युरोप एड्मिसन डे' नामक बृहत शैक्षिक मेलाको आयोजना आगामी मंङ्सिर १९ गते गर्ने भएको छ ।
इटहरी स्थित आइडिबी ग्लोबल इटहरीको अफिसमा आगामी मंङ्सिर १९ गते शुक्रबार बिहान १० बजे देखि 'ग्राण्ड युरोप एड्मिसन डे' शैक्षिक मेला सञ्चालन हुने भएको छ । कक्षा १२ उत्तिर्ण गरेका, ब्याचलर, मास्टर अध्ययन गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई युरोपका विभिन्न ६ देशका कलेज तथा विश्वविद्यालयका बारेमा जानकारी दिन अनुभवी तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुद्वारा वान-टु-वान करियर काउन्सेलिङसँगै एब्रोड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा पनि हुनेछ, यस पटकको शैक्षिक मेलालाई वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी दिन, शैक्षिक छात्रवृति, मेला स्थलमै भर्ना ,विभिन्न बैँकले उपलब्ध गराउने शैक्षिक ऋण, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहनसहन, हावापानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुले बुझ्नु पर्ने यथार्थ जानकारी अनुभवी शैक्षिक परामर्शदाताबाट लिन पाउने आइडिबी ग्लोबल इटहरी शाखाका प्रबन्ध निर्देशक तिलक पराजुलीले जानकारी दिनुभयो ।
आयोजक संस्थाका अनुसार यस शैक्षिक मेलामा फिनल्याण्ड, स्विडेन, नेदरल्याण्ड,जर्मनी, स्पेन, युके लगायत देशका ६ वटा विश्वविद्यालय तथा कलेजका बारेमा विस्तृतमा बुझ्न सक्नेछन् । यस मेलामा विद्यार्थीका लागि राम्रो शैक्षिक गन्तव्य छनोट गर्न, विश्वविद्यालयका बारे बुझि आगामी शैक्षिक गन्तव्य मुलुकको छनोट गर्न सहज हुनेछ भने उपस्थित विद्यार्थीहरु मध्येबाट सुरुका दश विद्यार्थीहरुले फिल्मको टिकट, त्यस पछिका ५ विद्यार्थीहरुले आकर्षक गिफ्ट पाउने छन् भने रमाइला खेल समेत रहेको जानकारी संस्थाका एक प्रतिनिधीले दिए।
आइडिबी ग्लोबलको कोशी प्रदेशमा रहेका ५० भन्दा बढी पार्टनर कन्सलटेन्टहरुका लागि साझ ५ बजे होटल स्काई डिलक्समा युरोपेली शैक्षिक गन्तब्य, कलेज र विश्वविद्यालयका बारेमा अभिमुखिकरण कार्यक्रम समेत आयोजना गरिने भएको छ। उच्च शिक्षा अध्ययनका निम्ति विदेश जान चाहने सबै विद्यार्थीको रोजाईमा पर्ने आइडिबी ग्लोबलका देशभर 350 बढी पार्टनर कन्सलटेन्ट रहेका छन्।
.....




















