धरान, माघ १५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत वडा नम्बर १६ को निर्वाचन परिचालन समितिको कार्यालय बुधबार उद्घाटन गरिएको छ ।
धरान–१६ स्थित बालिका मोड मुनि स्थापना गरिएको कार्यालय पार्टीका तर्फबाट सो निर्वाचन क्षेत्रका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराईले रिबन काटेर उद्घाटन गर्नुभयो ।
मन्तव्य व्यक्त गर्दै उम्मेदवार भट्टराईले जारी घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त माया, विश्वास र उत्साहले आफूलाई थप आत्मविश्वास प्राप्त भएको बताउनुभयो । निर्वाचनमा विजयी हुनेमा आफु ढुक्क रहेको उहाँको भनाई थियो ।
पार्टीका स्थानीय नेताहरू लक्ष्मी प्रधान, उमिता बराईली, रेवतिरमण राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ), उद्धव बहादुर लिम्बु लगायतको सो अवसरमा उपस्थिति थियो । कार्यालय उद्घाटनसँगै धरान–१६ का विभिन्न टोल तथा बस्तिमा निर्वाचन प्रचार–प्रसार अन्तर्गत घरदैलो अभियानलाई तीव्र बनाइएको छ । निर्वाचन परिचालन समितिले जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्रिय रूपमा जुटिरहेको छ ।
..........




















