धरान, माघ १६ गते । श्रमजिवी क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसका अवसरमा धरानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संगठनको सुनसरी जिल्ला कमिटिद्धारा आयोजित कार्यक्रम धरान–३, सदनरोडस्थित कार्यालयमा सम्पन्न भएको हो ।
कार्यक्रम सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जीवन राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले प्रेस सेन्टर क्रान्तिकारी चेत बोकेको पत्रकारहरूको संगठन भएकोले जनपक्षीय पत्रकारितामार्फत आवाजविहीन जनताको आवाज बन्न आग्रह गर्नुभयो । उहाँले सत्य, न्याय र परिवर्तनका पक्षमा उभिने पत्रकारिताको आवश्यकता अझ बढेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपाका नेताहरु चोत्लुङ, मानभगत चाम्लिङ, नेपाल पत्रकार महासँघ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोही, निवर्तमान अध्यक्ष जनकऋषि राई लगायतले शुभकामना आदानप्रदान मन्तव्य राख्नुभएको थियो ।
.....




















