धरान, माघ २९ गते । धरान–११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी तायाबुङ राईले भारतको कोलकातामा सम्पन्न भारत–नेपाल कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपाल तथा आफ्नो विद्यालयको नाम उजागर गरेका हुन् । उनको सफलताको सम्मानस्वरूप बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा स्कुलका प्रिन्सिपल अरुण राईले अबिर र खादा लगाएर सम्मान गर्नुभयो ।

यस उपलब्धिमा विद्यालय परिवार, अभिभावक तथा कराँते प्रशिक्षक अशेष मगरको महत्वपूर्ण योगदान रहेको विद्यालयले जनाएको छ । प्रिन्सिपल राईका अनुसार तायाबुङ राईको यो उपलब्धिले विद्यालय मात्र नभई समग्र समुदायलाई नै गौरवान्वित बनाएको छ ।

............