धरान, चैत्र १४ गते । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मुल नाराका साथ पब्लिक हाइस्कुल धरानले शनिवार मिनि म्याराथुन दौड आयोजना गरेको छ ।
दौडको स्कुलका प्राचार्य डा.इन्द्रमोहन झाले उद्घाटन गर्नुभएको थियो । दौडमा कक्षा ४ देखि १२ सम्मका जम्मा ३५० छात्रछात्राहरुले भाग लिएका थिए । दुरी ५ किमी तोकिएको थियो ।
कक्षा १२ अन्तर्गत छात्र तर्फ लाजिहाङ माक्खिम प्रथम, आरन राई दोस्रो र अर्जुन श्रेष्ठ तेस्रो भएका थिए । छात्रा तर्फ दिक्षा राई, सुम्निमा राई र आकृती राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।
कक्षा ८ देखि १० सम्मको दौडमा छात्र तर्फ प्रथम कक्षा ९ का एक्जेन सेर्पा, दोस्रो कक्षा १० का रोमन चौधरी र तेस्रो कक्षा ८ का साइमन राई भएका थिए भने छात्रातर्फ कक्षा १० कि प्रथम सन्ध्या देव, दोस्रो मेरिना राई र तेस्रो कक्षा १० कै मानबी चुडाल भएकी थिइन् । त्यसै गरि कक्षा ४ देखि ७ सम्मको दौड मा छात्रा तर्फ कक्षा ४ का प्रथम दीप राई, दोस्रो कक्षा ६ का याल्जेन लिम्बू र तेस्रो कक्षा ५ कि सुनिहाङ राई भएकी छिन । त्यसै गरि छात्रा तर्फ कक्षा ६ कि सिबिना झा प्रथम, कक्षा ५ कि नेहा राय छेत्री दोस्रो र कक्षा ५ कै राधा दास तेस्रो हुन सफल भइन् ।
...............




















