विराटनगर । लायन्स क्लब अफ विराटनगर एलिटले विद्यार्थीहरूलाई न्यानो कपडा स्वेटर वितरण गरेको छ । क्लबले विराटनगर महानगरपालिका वडा नं १स्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा अध्ययनरत बाल कक्षादेखि ५ कक्षासम्मका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

जाडो बढेकाले सो विद्यालयमा  अध्ययनरत ४० जना विधार्थीहरूलाई न्यानो कपडा स्वेटर वितरण गरेको हो । क्लबका अध्यक्ष लायन शकुन्तला भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

bidyarthilai-kapada-bitaran-01


कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक्ट ३२५सी का क्याबिनेट सेक्रेटरी उदय नारायण बरालले  विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडाको अभाव भएका कारण विद्यालय  आउन  असहज भएको बेला लायन्स कर्मीहरूले स्वेटर वितरण गरेको बताए । उनले भने,  यो समयसापेक्ष  कार्यक्रमले विद्यार्थीहरूको पठन पाठनमा ठुलो सहयोग पुग्नेछ  । उनले स्वेटर प्रदान गर्ने  एलिट परिवारलाई धन्यवाद दिए ।

स्वेटर वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर बस्नेतले लायन्स क्लब एलिटले विगतदेखि नै विद्यालयलाई आवश्यकताका विभिन्न  सामाग्री सहयोग गर्दै आइरहेको बताए । उनले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले सधै सेवाको कार्यमा अग्रणी लायन्स क्लबको सहयोगले स्कुलमा अध्ययनरत विद्यार्थीहरूको पठन पाठनमा महत्त्वपूर्ण टेवा पुगेको बताए । 

bidyarthilai-kapada-bitaran-02


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता काफ्ले, विशिष्ट अतिथिको रूपमा लायन रमेश खत्री, एरिया ६ का चीफ लायन खेमराज नेपाल, विद्यालय परिवार एवं क्लबका तर्फबाट लायन अनुराधा थापा, मोना गोयल, डा  दिपेन्द्र नौलखा, डा  राकेश मण्डल, डा  नीता मण्डल, मनिष श्रेष्ठ, सन्दीप कट्टेल लगायतको उपस्थिति थियो । कार्यक्रमको  सञ्चालन क्लबका  सेक्रेटरी लायन कविराज दाहालले  गरेका थिए  ।