सामाजिक विषय अन्य भन्दा बढी सिर्जनात्मक र समसामयिक विषयवस्तु भएको विषय भएकोले परीक्षामा कसरी बढी अङ्क ल्याउने भन्नेमा विद्यार्थीहरु चिन्तित भइरहेका हुन्छन् । अर्थपूर्ण तरिकाले निर्धारित समयमा उत्तर लेख्ने कार्यले राम्रो अङ्क ल्याउन सकिन्छ । यसका लागि सावधानी पूर्वक आफुले जानेको भन्दा प्रश्नले अपेक्षा गरे अनुसारको उत्तर लेख्ने कुराका विद्यार्थीले ध्यान दिनु पर्दछ । यसका लागि केही तरिका निम्न अनुसार उल्लेख गरिएको छ ।
परिक्षा पूर्व जानकारी हुनुपर्ने कुराहरु :
१) विशिष्टिकरण तालिका
२) अङ्कभार
३) समयको विभाजन
समूह क
१) यस समूहमा प्रश्न नं. १ देखि ८ सम्म आठवटा अति छोटो उत्तर आउने प्रश्नहरु सोधिएका हुन्छन् ।
२) उत्तर छोटो तर पूरा एक वाक्यमा दिनुपर्दछ ।
३) चित्र बनाउनु पर्ने भए सिसाकलामले सफासँग बनाउनुपर्दछ ।
४) वाक्यको संरचना सही र शुद्ध गरी लेख्नुपर्दछ ।
५) उत्तरको आशय प्रश्नले अपेक्षा गरे अनुसारको हुनुपर्दछ ।
६) यस किसिमको प्रश्नको लागि प्रतिप्रश्न २ मिनेटको समय निर्धारण गर्नुपर्दछ ।
समूह ख
१) यस समूहमा प्रश्न नं. ९ देखि २२ सम्म १४ वटा संक्षिप्त उत्तर आउने प्रश्नहरु सोधिएका हुन्छन् ।
२) वास्तविक र सिर्जनात्मक खालको उत्तर बनाउनुपर्दछ ।
३) सामान्य पृष्ठभूमी सहित प्रश्नमा भने अनुसार वा सामान्यतया कम्तिमा ४ वटा बुँदाहरु समेट्नु पर्दछ ।
४) सफासँग आवश्यकता अनुसार शीर्षक सहित सिसाकलमले स्तम्भ, वृत्तचित्र वा समयरेखा बनाउनुपर्दछ ।
५) प्रश्नको प्रकृति अनुसार समाचार, सम्पादकीय, पत्र ( औपचारिक र अनौपचारिक) संवाद, कथा, वक्तृत्व र कार्यक्रमको ढाँचा, योजना जस्ता कुराहरुको उपयुक्त ढाँचा सहित त्यसभित्र सम्बन्धीत विषयवस्तुलाई प्रस्तुत गर्नुपर्दछ ।
६) प्रतिप्रश्नको लागि करिब ८ मिनेटको समय निर्धारण गर्नुपर्दछ ।
समूह ग
१) यस समूहमा प्रश्न नं. २३ देखि २६ सम्म ४ वटा लामो उत्तर आउने प्रश्नहरु हल गर्नुपर्ने हुन्छ ।
२) एउटै प्रश्नमा बैकल्पिक प्रश्न दिइएकोमा ती मध्ये एउटाको मात्र उत्तर दिनुपर्दछ ।
३) प्रश्नहरु नक्सा कार्य, प्रतिवेदन लेखन तथा सिर्जनात्मक उत्तर लख्ने खालको हुन्छन् ।
४) यस्ता प्रश्नहरुको सकेसम्म सिर्जनात्मक, ज्ञान तथा बोध, समालोचनात्मक तरिकाले उत्तर दिनु पर्दछ ।
५) नेपाल वा अफ्रिका, उतर र दक्षिण अमेरिका मध्ये कुनैको नक्सा भर्ने कार्यलाई राम्रो अभ्यास गरी सिसाकलमले उपयुक्त संकेत सहित सफासँग गर्नुपर्दछ ।
६) निश्चित ढाँचाको प्रयोग गरी प्रतिवेदन लेख्नु पर्दछ ।
७) प्रतिप्रश्नको लागि करिब १६ मिनेटको समय निर्धारण गर्नुपर्दछ ।
सफलताको शुभकामना !!
.............
स्रोत : krishnadh.blogspot.com