धरान, माघ २६ । ११ औं युनाईटेड गोर्खा एकडेमी कप भलिबल प्रतियोगीता–२०८१ को उपाधि छात्रातर्फ धरान आदर्श र छात्रतर्फ जनता मावि ईटहरीले जितेकाछन् ।
शनिबार धरान १५ स्थित युनाईटेड गोर्खा एकडेमी परिसरमा सम्पन्न जिल्ला स्तरिय अन्तर स्कुल छात्रा–छात्र भलिबल प्रतियोगिताको फाईनलमा छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरालाई ३–२ को सेटमा पराजित गदै धरान आदर्शले उपाधि हात पारेको छ भने छात्रतर्फ बालविकास पकलीलाई ३–१ को सेटमा पराजित गर्दै जनता मावि ईटहरीले उपाधि हात पारेको हो ।
उपाधि विजेताले नगद २५–२५ हजार रुपैया र उपविजेताले नगद २०–२० हजार रुपैया सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेस्रो पुरस्कार छात्रातर्फ डिपोट स्कुल धरान र छात्रतर्फ पूर्वाञ्चल स्कुल तरहराले नगद १५–१५ हजार रुपैया, ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गरे ।
खेलको म्यान अफ द म्याच छात्रातर्फ धरान आदर्शकी प्रतिक्षा जोशी, छात्रतर्फ जनता स्कुलका कमल श्रेष्ठ घोषित भए । उनीहरुले नगद १२ सय रुपैया सहित मेडल प्राप्त गरे । व्यक्तिगत विधा तर्फ छात्रा–छात्र वेष्ट सर्भिस प्रजिता कार्की र लभ चौधरी, वेष्ट डिफेन्स दिक्षा कार्की र सत्यम लिम्बु, वेष्ट सेटर प्रियङ्का मगर र सबिन राई, वेष्ट स्पाईकर प्रतिक्षा जोशी र समिर गिरी, वेष्ट प्लेयर रमा श्रेष्ठ र कमल श्रेष्ठ, राईजिङ प्लेयर जेनिशा खनाल र बकहाङ राई घोािषत भए । उनीहरुले नगद १२ सय रुपैया सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
.............




















