धरान, फागुन २ । सुमेधा वक्तृत्वकला प्रतियोगीताको शुक्रबार धरानमा सम्पन्न फाईनलमा धरान–मेघा हिमालयन कलेजकी क्याथरिन योन्जन प्रथम भएकी छिन् ।

क्याथरिनले नगद १५ हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न गरेको फाइनलमा शिक्षा सन्देश सेकेन्डरी बोर्डिङकी देवका कार्कीले दोश्रो हुदै नगद ८ हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । एम्स एकेडेमीकी अदिति झाले तृतीय भई ४ हजार रुपैया नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । पब्लिक मा.वि. फुस्रेका बालकुमार राईले सान्त्वना भएर २ हजार रुपैया नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

Radical Light2प्रतियोगिताको उप–शिर्षकमा समेत पुरस्कार प्रदान गरिएको थियो । शिक्षा निकेतन मा.वि.की पुजा लम्साल र लाक्पा तामाङले क्रमशः डिसिप्लिन र अराटोरिकल स्पिकरको उपाधि प्राप्त गरे । पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राईले क्रमशः इन्फर्मेटिभ र पङ्चुअल स्पिकरको उपाधी जिते । सियोन स्कुलकी सोनिया नेपालीले सिन्सियर स्पिकरको उपाधि जितिन् भने धरान मा.वि.की स्मृति लिम्बुले मोटिभेशनल स्पिकरको उपाधी हात पारिन् । उप–बिजेताहरुले जनही १÷१ हजार रुपैया नगद सहित प्रमाणपत्र प्राप्त गरे ।

विजेता र उप–विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप–प्रमुख अइन्द्रविक्रम बेघा, मन्टेश्वरी किन्डर गार्टेनका सन्चालक गौरवमान श्रेष्ठ र सहिद स्मृति मा.वि.का प्रधानाध्यापक रामबहादुर बिष्टले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

 सहभागीहरुलाई ‘लागु औषध ः चुनौति र समाधानका उपाय’, ‘छोराछोरीको भविष्य निर्माणमा आमा–बुवाको भुमिका’, ‘सामाजिक सद्भाव र युवाको दायित्व’, ‘स्वदेशमै भविष्य स्वदेशमै रोजगार’ र ‘युवाको चाहना ः विकसित नेपालको परिकल्पना’ गरी ५ वटा शिर्षकहरु दिइएको थियो । उत्कृष्ट १० प्रतिष्पर्धीहरुलाई  गोला प्रथाद्वारा ५ वटा शिर्षकहरुमध्ये दुई जना प्रतिष्पर्धीलाई एउटै शिर्षक परेको थियो ।

 विद्यार्थीहरुको आत्मविश्वासमा अभिवृद्धि गरी व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्धेश्यले प्रतियोगीताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताउनुभयो ।

प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र सहिद स्मृति मा.वि.का शिक्षक टङ्क भट्टराई हुनुहुन्थ्यो । कार्यक्रममा सुमेधा एजुकेसन नेट्वर्क प्रा.लि.धरानका सि.ई.ओ.सुरेन्द्र घिमिरे, समाजसेवी सुस्मिता लिम्बु लगायतको उपस्थिति थियो । सोनी यादवले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन आहाना प्रधानले गर्नुभएको थियो ।

..........