धरान, फागुन ६ । डा.महाविर पुन अहिले पुस्तक विक्री अभियानका क्रमममा धरानमा छन् । मंगलबार उनलाई पब्लिक हाई स्कुलमा निम्त्याइएको थियो । स्कुलका पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरुको खचाखच भिडका विच उनले आफ्नो अभियानबारे प्रप्ट्याए । पुस्तक विक्री गरे । 

स्कुलका प्रधानाध्यापक डा.इन्द्रमोहन झाले डा.पुनलाई विद्यालयका तर्फबाट स्वागत गर्नुभएको थियो । स्कुलका साइन्स तथा इलेक्ट्रिकल फ्याकल्टीका विद्यार्थीहरुले बनाएको रोबोटले पनि बैज्ञानिक डा.पुनलाई स्वागत गरेको थियो । 

Mahabir PUn Dharanआफ्नो मन्तव्यका क्रममा डा.पुनले आफु समाजसेवी भएको बताउँदै आफ्नो यो अभियानको उद्धेश्य समाजसेवाकै लागि आर्थिक सङ्कलन गर्नु रहेको स्पष्ट पार्नुभयो । 

हालसम्म नेपालका ३७ जिल्लामा घुमीसकेको र यसका लागि ३ सय ३१ दिन लागिसकेको जानकारी दिँदै उहाँले १० करोड रुपैया भन्दा बढि रकम सङ्कलन भईसकेको बताउनुभयो । उहाँको आत्मकथा समेटिएको उहाँद्धारा लिखित पुस्तक ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ को मुल्य रु.७५० छ । यस हिसाबले हालसम्म डेढ लाख प्रति भन्दा बढि विक्री भईसकेको छ । 

समाजसेवा अन्तर्गत नै आफुले आविष्कार केन्द्र स्थापना गरी विभिन्न बैज्ञानिक आविष्कारका कार्यहरु भइरहेको उहाँले जानकारी दिनुभयो । पुस्तक विक्रीबाट सङ्कलित रकम भने विरगन्ज औजार कारखाना सन्चालनका लागि भएको उहाँले बताउनुभयो । सरकारको स्वामित्वको उक्त कारखाना रकमको अभावका कारण सरकारले समेत सन्चालन गर्न नसकिरहेकोले सोको सन्चालनका लागि आफुले प्रयास गरिरहेको उहाँले बताउनुभयो । यसका लागि करिब ३० करोड रकम आवश्यक पर्नेमा अब बाँकी २० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

Mahabir pun dharan1उहाँका अनुसार विरगन्ज औजार कारखानाको सन्चालन साना किसानहरुलाई लक्षित गरी गरिनेछ । खासगरी नेपालका साना आकारका कृषकहरु औजारको अभावमा सहज ढङ्गले कृषिकर्म गर्न नसकिरहेकोले उनीहरुका लागि औजार उत्पादन गर्न र सहजढङ्गले वितरण गर्न सकेमा नेपालमा कृषि व्यवस्थित हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

अभियान अन्तर्गत गतसाता धरान आईपुग्नुभएका उहाँ विहान र दिउँसो विभिन्न संघसंस्था, विद्यालय तथा कलेजहरुमा पुस्तक विक्री कार्यक्रमहरुमा सहभागी भइरहनुभएको छ भने प्रत्येक दिन बेलुका ४ बजे भानुचौकमा स्टल राखेर पुस्तक विक्री अभियान अघि बढाइरहनुभएको छ । अझै केही दिन धरानमै रहने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो । 

पब्लिक हाइ स्कुलमा आयोजित उहाँको स्वागत कार्यक्रममा विद्यालय परिवारका तर्फबाट उहाँलाई प्रधानाध्यापक डा.इन्द्रमोहन झाले रुद्राक्षको माला लगाई स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक डा.झाले डा.पुन ७० वर्षको उमेरमा पनि शारिरिक र मानसिक दुवै हिसाबले सिर्जनशील ढङ्गले सक्रिय हुनु हामी सबैका लागि प्रेरणाको भएको बताउनुभयो ।  

..............