धरान, फागुन १० । धरानमा जारी बिजिनेश एक्स्पो २०८१ अन्तर्गत जुत्ताचप्पल मेलामा नेपालका ५ सय व्राण्डका एकहजार भन्दा बढि मोडलका जुत्ताचप्पल उपलब्ध रहेको आयोजकले जनाएको छ । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले स्वदेशी उत्पादनको प्रवद्र्धन र स्थानिय ग्राहकको सेवा तथा सन्तुष्टीको लागि मेला आयोजना गरिएको दावी गरेको छ । 

माघ २६ गतेबाट शुरु भएको मेला फागुन २५ गतेसम्म सन्चालन हुनेछ । मेलामा ग्राहकहरुलाई १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको मेलाका संयोजक जीवनकुमार श्रेष्ठले बताउनुभयो । 

मेलामा ..... नामक व्राण्डका जुत्ता चप्पलहरु खरिद गर्न सकिने श्रेष्ठले बताउनुभयो । विद्यालयको नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै विद्यार्थीहरुका लागि चाहिने जुत्ताहरु, हाइकिङ जुत्ता, पार्टी जुत्ताहरु, स्पोर्टस् जुत्ताहरुका साथै दैनिक घरमा वा बाहिर प्रयोग गर्न सकिने जुत्ता चप्पलहरु सुलभ मुल्यमा पाइने श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा उत्पादित जुत्ताहरु पनि बलिया, राम्रा र सजिला हुन्छन् भन्ने ग्यारेन्टी मेलामा राखिएका जुत्ताचप्पलहरुले दिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

..........