नरेन्द्र केसीको सहयोगमा 

कानेपोखरी, फागुन १३ । नेकपा माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मंगलबार मोरङ आईपुगेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयाँलको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ ।

Party Prabesh Jayrajसो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताउनुभयो । 

सहिद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरुको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए ।

अभियान अन्तर्गत केन्द्रीय टोलीले एक दिन : एक जिल्ला, एक जिल्ला : तीन मुख्य कार्यक्रम गर्दैछ । जसअनुसार मंगलबार मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिदैछ भने सहिद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ ।

जयराज संयोग लिम्बु सहित सयौं जना माओवादी केन्द्रमा प्रवेश 

मोरङको कानेपोखरीमा मंगलबार लामो समयसम्म नेपाली काँग्रेसमा योगदान गर्नुभएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । लामो समय काँग्रेसमा योगदान गर्नुभएका लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएको थियो ।

Sahid Pariwar vetghatजनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी प्रवेश गरेको र प्रवेश गर्ने अधिअकांश एमाले कार्यकर्ता रहेको माओवादी केन्द्र मोरङले जनाएको छ ।

पार्टीलाई बहुमत दिलाउन र कोशी प्रदेश नाम खारेज गर्न माओवादी प्रवेश गरेको हुँ–जयराज

पार्टी प्रवेश पछि सभालाई संवोधन गर्दै जयराज संयोग लिम्बुले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुई तिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गर्न आफु माओवादीमा प्रवेश गरेको बताउनुभयो । आफ्नो पार्टी प्रवेश जातिय, क्षेत्रिय, भौगोलिक, साँस्कृतिक, भाषिक, ऐतिहासिक सबै खालको पहिचान स्थापित गर्न पनि भएको उहाँले बताउनुभयो । अब माओवादी पार्टीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

............

Photo and Video By Narendra KC