धरान, चैत्र २२ । पब्लिक हाइस्कुल धरानले कक्षा १२ अध्ययन प¬रा गरी उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई विदाइ गरेको छ ।
श¬क्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई विदाइ गरिएको हो । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रम कक्षा ११ कि विद्यार्थी काशिका विश¬ङ्खेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आयोजक कक्षा ११ का विद्यार्थीहरुले नृत्य, गायन सहितका प्रस्त¬तिहरु दिएका थिए । विद्यालयका अध्यापक ओमनाथ रिमालले गायन प्रस्त¬त गर्न¬भएको थियो ।
विदा ह¬ने क्रममा रहेका विद्यार्थीहरुलाई श¬भकामना मन्तव्य व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहाद¬र कार्कीले आफ्ना विद्यार्थीहरुले धेरै भन्दा धेरै प्रगति गरुन् र पब्लिक हाइस्क¬लको नाम उच्च राख¬न् भन्ने आफ्नो श¬भेच्छा रहेको बताउन¬भयो ।
विद्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झाले उच्च शिक्षामा उल्लेखनिय प्रगति हासिल गर्न र सम्मानित व्यक्ति बन्न आशिर्वाद दिन¬भयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती, विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ भट्टराई, विद्यालयका एकेडेमीक इन्चार्ज विरेन्द्रबहाद¬र श्रेष्ठ, साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठ लगायतले श¬भकामना दिन¬भएको थियो । विद्यार्थीहरुलाई खदा र अबिरले स¬शोभित गरी विदाइ गरिएको थियो ।
............
Photo : Baagiyaan




















