धरान, चैत्र ३१ । शिक्षकहरुलाई सम्मान गर्दै एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले आफ्नो वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
शनिबार आयोजित वार्षिक उत्सवका अवसरमा विद्यालयले चार जना शिक्षकहरुलाई सम्मान ग¥यो । सम्मानित हुने शिक्षकहरुमा जुनाहाङ राई, सौगात राई, ललिता ल्वागुन र सुप्रिया शाह रहनुभएको छ ।
शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहनगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघाले सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
शिक्षकहरुलाई प्रोत्साहन मिलोस् र आगामी दिनमा प्रभावकारी कार्यसम्पादनको वातावरण बनोस् भन्ने उद्धेश्यले शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयका निर्देशक अनिश राईले वताउनुभयो । यसप्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने निर्देशक राईले वताउनुभयो ।
सो अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा आफ्नो प्रस्तुति दिएका थिए ।
निर्देशक अनिश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक हर्क लिम्वुले विद्यालयका तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यार्थीहरु र अभिभावकको सन्तुष्टी नै हाम्रो चाहना भन्ने नाराका साथ एक्वा सेकण्डरी बोर्डिङ स्कुलले गुणस्तरिय, व्यवहारिक र आधुनिक शिक्षा प्रदान गर्दै आएको छ ।
................




















