धरान, जेठ १३ । पुर्वमन्त्री सुदन किरातीले कृष्ण सेन इच्छुकको बलिदानी पुर्ण जीवन, विचार र आदर्शलाई सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ । 

मङ्गलबार धरानमा प्रेस सेन्टर नेपाल सुनसरीद्धारा आयोजित कृष्ण सेन इच्छुक स्मृति दिवसमा बोल्दै उहाँले राज्यद्धारा आफ्नो हत्या हुने अवस्थासम्म पनि इच्छुकले पत्रकारितामा जनपक्षधरतालाई नछोडेको स्मरण गर्नुभयो । साहित्य, विचार र लेखनका अद्धितिय प्रतिभा इच्छुकले हामी सबैलाई गरिब निमुखा जनताको पक्षमा डटिरहन प्रेरणा दिएर जानुभएको उहाँको भनाइ थियो । 

नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता किरातीले मन्तव्यका क्रममा वर्तमान गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । प्रश्न उठेपछि वर्तमान गृहमन्त्री रमेश लेखकले नै तत्कालिन गृहमन्त्री रबि लामिछानेलाई नैतिकताको पाठ पढाउनुभएको स्मरण गर्दै उहाँले अन्ततः तत्कालिन गृहमन्त्री रबि लामिछानेले राजीनामा दिनुभएको थियो । आफै नैतिकताको पाठ पढाउने गृहमन्त्री लेखक अहिलेसम्म पदमै रहिरहनु शोभनिय नभएको उहाँको भनाई थियो । 

प्रेस सेन्टर नेपाल सुनसरी अध्यक्ष तीर्थ कार्कीको अध्यक्षतामा सम्पन्न स्मृति दिवस कार्यक्रममा प्रेस सेन्टर नेपालका पुर्व उपमहासचिव राजन केडी, पुर्व केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासँघ सुनसरीका पुर्व अध्यक्ष केशव घिमिरे, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले बोल्नुभएको थियो । 

.............