धरान, असार १६ । ¥याडिकल लाईट नेपाल प्राली धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एसइइ स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होलीबेल इङ्लिस सेकेन्डरी स्कुलका आबिष्कार राउतले जितेका छन् ।

सोमबार सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको धरानस्थित सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा आबिष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरे । जितपश्चात उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबै जना उत्तिकै प्रतिभाशाली रहेको बताउँदै उपाधि प्राप्त गर्न पाउँदा अत्यन्त हर्षित भएको प्रतिक्रिया दिए ।

प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेलले सेकेन्ड रनरअपको स्थान हासिल गर्दै १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै, जेम सेकेन्डरी स्कुलकी सन्जिना राईले थर्ड रनरअपको उपाधि हात पार्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

SEE Speaker Final 3कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष एवं होली गार्डेन स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, निर्णायकद्वय टङ्क भट्टराई र अशोक पोख्रेल, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राई, सरस्वती निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल बमबहादुर बिश्वकर्मा लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।

अन्तिम चरणमा पुगेका १५ जना प्रतियोगीहरूलाई ‘बढ्दो भ्रष्टाचार र देशको अवस्था’, ‘लागुऔषधको प्रयोगः चुनौती र समाधान’, ‘युवा पलायनः राष्ट्र निर्माणमा चुनौती’, ‘बढ्दो सवारी दुर्घटना’ र ‘डिजिटल क्रान्तिले जीवनशैलीमा ल्याएको परिवर्तन’ जस्ता पाँच महत्वपूर्ण शीर्षकमध्ये गोला प्रणालीद्वारा छानिएको विषयमा बोल्ने अवसर प्रदान गरिएको थियो ।

SEE Speaker final 2निर्णायक मण्डलमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, सहिद स्मृति मा.बि.का शिक्षक टङ्क भट्टराई र शिक्षा सदन मा.बि.का शिक्षक अशोक पोख्रेल रहनुभएको थियो ।

वाककला, सार्वजनिक प्रस्तुति र नेतृत्व क्षमताको अभिवृद्धिसँगै विद्यार्थीको खाली समयको सिर्जनात्मक सदुपयोग गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको ¥याडिकल लाईट नेपालका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति पनि उत्तिकै आकर्षक थियो । भानु स्मृति मा.बि.का शिक्षक ओम रिमालले प्रस्तुत गरेको गीतले माहोल रोचक बनाएको थियो भने सुनाखरी एकेडेमीका विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यले दर्शकको मन जितेको थियो ।

कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का अध्यक्ष सुरेन्द्र घिमिरे, पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. इन्द्रमोहन झा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, निवर्तमान सहसचिव भोला श्रेष्ठ, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठ, भानु स्मृति मा.बि.का प्रधानाध्यापक रबिन सुबेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नविना मग्रातीले गरेकी थिइन् ।

यस वर्षको प्रतियोगीताको फाइनलमा थप विभिन्न उपशीर्षकहरूमा प्रतिस्पर्धा गराइएको थियो ।

उपशीर्षक, विजेता र विद्यालयको नाम

पब्लिक चोइस अवार्ड– समीक्षा पौडेल, शिक्षादीप एकेडेमी इटहरी

मस्ट इन्सिरेशनल स्पिकर– होमिता पोखरेल, बेबिलोन इङ्लिस स्कुल, इटहरी 

मस्ट कन्फिडेन्ट स्पिकर– निशान विश्वकर्मा, एभरेष्ट चिल्ड्रेन बोर्डिङ, पानमारा

मस्ट ट्यालेन्टेड स्पिकर– आयुषा पौडेल, पब्लिक हाईस्कुल धरान

बेष्ट आर्टिक्युलेटर स्पिकर– नाबिया सरखाना, सुनाखरी एकेडेमी धरान

बेष्ट एमर्जिङ स्पिकर– रोशनी नेपाल, डिपोट सेकेन्डरी स्कुल धरान

मस्ट इन्फर्मेटिभ स्पिकर– प्रतिक्षा तामाङ, भानु स्मृति मा.बि. धरान

मस्ट क्रिएटिभ स्पिकर– सृष्टिका राई, लोटस इङ्लिस बोर्डिङ स्कुल धरान

मस्ट पर्सुएसिभ स्पिकर– तपस्या भण्डारी, के.के. इन्टरनेसनल स्कुल धरान

बेष्ट थिमेटिक स्पिकर– दिविका राई, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान

मस्ट कोअपरेटिभ स्पिकर– साक्षी मिश्र, पब्लिक हाईस्कुल धरान

............