धरान, मंसिर ४ गते । २० औ ललित–अम्बर डिपो कप फूटबल प्रतियोगीता यहि मङ्सिर २५ गते देखि शुरु हुने भएको छ । 

प्रतियोगीता पुस ३ गते सम्पन्न हुनेछ । प्रतियोगीताको पहिलो चरणमा पराजित हुने विद्यालयहरु बिच हुँदै आएको दिलकुमार प्लेट च्याम्पियनसीप कप यससँगै सम्पन्न हुनेछ । 

बुधबार पत्रकार सम्मेलन आयोजना गरी आयोजक डिपो मावि धरानका प्राचार्य राजकुमार राईले कक्षा ५ सम्मका बालबालिकाहरु प्रतियोगीतामा सहभागी हुने जानकारी दिनुभयो ।  

फुटबलको सिप भएका विद्यार्थीहरुलाई सानै उमेरदेखि नै अवसर प्रदान गर्ने र भविष्यमा असल खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगीता आयोजना गरिँदै आएको उहाँले जानकारी दिनुभयो । 

यसवर्षको प्रथम, दोस्रो र तेस्रो पुरुस्कार राशी क्रमशः रु.११,१११, रु.७,१११, रु.५,१११ सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र रहनेछ । प्लेट चम्पियन पुरस्कार रु.३,१११ नगद सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र रहनेछ । प्लेट उपबिजेतालाई रु.२,१११ नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । प्रतियोगीताको कुल खर्च रु. ५,५८,३२१ अनुमान गरिएको छ ।

................