धरान, पुस ४ गते । हरेक बर्ष झैँ यसपाली पनि सम्पन्न २० औं ललित–अम्बर डिपो कप फुटबलको उपाधी आयोजक डिपोट स्कुलले हासिल गरेको छ ।

डिपोट स्कुलको खेल मैदानमा सम्पन्न फाइनल खेलमा धरान इङलिस बोर्डिङ स्कुललाई आयोजक डिपोटले १–० ले हराएसँगै डिपोटले उपाधी हात पारेको हो । निक्कै घम्साघम्सीकाबिच तय भएको नतिजामा खेलको दोस्रो हाफको दस मिनेटमा जर्सी नं. ९ का आशिष जिमिले हानेको फ्री किक नै निर्णायक गोल बन्यो ।

फाइनल गोलकर्ता जिमी खेलको म्यान अफ दि म्याच र प्रतियोगीताको उत्कृष्ट खेलाडी समेत घोषित भए । धरान इङलिस बोर्डिङ स्कुल प्रतियोगिताको उपबिजेता बन्यो भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल ग¥यो । 

उपाधी बिजेता डिपोटले नगद ११,१११ रुपैया पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेताले नगद ७,११२ रुपैया पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । तेस्रो हुन सफल नेपाल पुलिस स्कुलले नगद ५,१११ रुपैया पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

.............