धरान, फागुन १६ गते । रानी आँखा अस्पताल प्राली. विराटनगरको प्राविधिक सहयोग र धरान १२ स्थित सुनाखरी एकेडेमीको व्यवस्थापनमा शुक्रबार एकेडेमी प्राङ्गणमा एकदिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
शिविरमा स्कुलका ४ सय ४४ छात्रछात्रा र ४१ जना अभिभावक गरि ४ सय ८५ जनाको आँखा जाँच गरिएको थियो । विद्यार्थीहरुमा कुनै जटिल समस्या नदेखिएको तर अभिभावकमा आँखा पोल्ने, चिलाउने र ३ जनामा आँखामा मासु पलाउने रोग देखिएको शिविरका डा. नरेन्द्र यादवले बताउनुभयो ।
शल्यक्रिया गर्नुपर्ने विरामीलाई रानी आँखा अस्पतालमा ५०% छुटको व्यवस्था गरिएको शिविरका अर्का डा शिवानी कर्णले जानकारी दिनुभयो ।
एकेडेमीका प्रिन्सिपल मिलन राईले निःशुल्क आँखा जाँच शिविरका लागि रानी आँखा अस्पताललाई धन्यवाद ज्ञापन गर्नुभयो ।
..............




















